नियम ५९
सरोकारवाला व्यक्तिलाई कागजातको प्रतिलिपि दिने सम्बन्धी कार्यविधि
(१) भन्सार कार्यालयमा भएका कुनै कागजातको सरोकारवाला व्यक्तिले भन्सार अधिकृत समक्ष निवेदन दिई प्रतिलिपि माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा आफूले माग गरेको कागजातको स्पष्ट पहिचान हुने विवरण र सो कागजात कुन प्रयोजनका लागि आवश्यक परेको हो र आफू कसरी सरोकारवाला व्यक्ति हो भन्ने आधार समेत निवेदकले खुलाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त हुन आएपछि भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा निवेदन आफू समक्ष प्राप्त भएको तीन दिनभित्र त्यस्तो कागजातको प्रतिलिपि तयार गर्न लगाइ उपनियम (४) बमोजिम दस्तुर लिई निवेदकलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम कागजातको प्रतिलिपि दिंदा एक पृष्ठको पाच रूपैया दस्तुर लाग्नेछ । यस्तो रकम भन्सार अधिकृतले सम्बन्धित व्यक्तिबाट असुल गरी राजस्व खातामा आम्दानी बाध्न वा सो रकम बरावरको हुलाक टिकट टास्न लगाइ सोमा भन्सार
कार्यालयको छाप लगाइदिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम दस्तुर लिंदा नगद असुल गरी आम्दानी बाधेको वा टिकट रद्द गरेको व्यहोरा निवेदकलाई उपलब्ध गराउने कागजातमा उल्लेख गर्नु पर्नेछ ।